रौतहटमा उम्मेदवारको मृत्यु
रौतहट , १६ कात्तिक । नेपाल सदभावना पार्टी युनाइटेड (श्याम सुन्दर गुप्ता समूह) का तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिएका रौतहट पिप्रा भगवानापुर ७ का शेख इसराजुलको मृत्यु भएको छ ।रौतहट क्षेत्र नम्बर २ का नेपाल सदभावना पार्टी युनाइटेडका ५९ वर्षका उम्मेदवार शेख इसराजुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । राति खान खाएर सुतेका इसराजुल बिहान आफ्नै ओछ्यानमा मृत अवश्थामा फेला परेको प्रहरीले जनाएको छ ।
राति परिवारजन सँगै खाना खाएर सुतेका इसराजुल बिहान अबेर सम्म पनि नउठदा परिवारजनले उनलाई ओछयानमै मृत अवश्थामा देखेका थिए । उम्मेदवारको मृत्यु भएको खबर प्राप्त भए पछि प्रहरी टोलि उनको घरमा पुगेको थियो ।
मृतकको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी उपरिक्षक गोबिन्द राम परियारले जनाएका छन । कालगतिले मृत्यु भएको हुन सक्ने बताउदै उनले पोष्टमार्टम पछि शव परिवारजनको जिम्मा लगाउने बताएका छन ।मुस्लीम विधि अनुसार उनको आजै दाहसंस्कार गरिने परिवारजनले बताएका छन ।