वीरगञ्जमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा

काठमाडौं । समुदायमा कोरोना संक्रमण देखिन थालेपछि वीरगञ्ज महानगरमा भोलि बिहान ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी हुने भएको छ ।भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
यस अघि पर्साका सहायक प्रजिअ ललितकुमार बस्नेतले वीरगंज काराकारका ५ कैदीका साथै पर्सा र सो जिल्लामा विभिन्न पेशा व्यवसाय गरी बसेका अन्य २५ जना गरी ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे जानकारी दिएका थिए । नारायणि अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणका क्रममा थप ५ जना थुनुवा/कैदीसहित ३० जनाकाे रिपाेट पाेजेटिभ आएको हाे । लक्षण सहितका संक्रमित समेत देखिएकाे, केहिकाे मृत्यु भइसकेकाे र बाँकी केहिकाे अवस्था समेत निकै चिन्ताजनक भएकाेले गम्भिर बन्नुपर्ने अवस्था सृजना भएकाे पनि उनले बताएका थिए । जिल्लामा काेराेना संक्रमण बढेसँगै सुरक्षा सतर्कता बढाइएको छ ।