१३३ जना कोरोना संक्रमित थपिए !

२०७७ श्रावण ९ गते, शुक्रबार


काठमाण्डौं । स्वास्थ्य मन्त्रालयका अनुसार आज  १३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका २७ वटा प्रयोगशालामा भएको परीक्षण नतिजा अनुसार ती संक्रमित थपिएको जानकारी दिए । यो सँगै कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । अहिले सम्म कोरोनाबाट ४४ जनाको मृत्यु भएको छ भने १२ हजार ९ सय ४७ जना कोरोना जीतेर घर फर्किएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ रहेको छ भने आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भईरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]