एमाओवादी उम्मेदवारको गाडीमा तोडफोड

२०७० कार्तिक १७ गते, आईतवार

भक्तपुर, १७ कात्तिक । भक्तपुरको व्यासीमा चुनाव प्रचार गर्दै गुडिरहेको एमाओवादीको उम्मेदवारको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ ।एनेकपा माओवादी भक्तपुर क्षेत्र नं २ का उम्मेदवार डिपी ढकालको चुनाव प्रचार प्रसारका लागि माइक जडान भएको बा ३ च २२०१ नम्बरको गाडी तोडफोड गरिएको एमाओवादीले जानकारी दिएको छ ।एमाओवादीका सुवास ढकालका अनुसार चुनाव प्रसारमा खटिएको उक्त गाडीमा भक्तपुर नगरपालिकास्थित व्यासीमा अज्ञात समूहले तोडफोड गरेको बताए । तोडफोडबाट गाडीका कही सिसाहरू फुटेको छ ।

प्रतिक्रियाहरु

[anycomment]