सुन तोलाको ९६ हजार ३ सय !
काठमाडों । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ । शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो ।