सप्तकोशीमा पानीको बहाव उच्च: खतरा बढेपछि रातो बती बालियो

२०७७ श्रावण १४ गते, बुधबार


काठमाडौं । आज बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेण्ड २ लाख ५ हजार ६ सय ७५ क्युसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताएका छन । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोसी ब्यारेजका ५६ मध्ये ३२ वटा मात्र ढोका खोलेको छ । सप्तकोसीमा मंगलवार पानीको बहाव प्रतिसेकेण्ड एकलाख ८२ हजार एकसय क्युसेक पुगेको थियो । सप्तकोशीमा एकलाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछी खतरा मानिन्छ । सप्तकोसीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोसी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले स्थानीयलाई आग्रह गरेको छ ।
सप्तकोशीमा पानीको बहाव उच्च भएपछी उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ ।सप्तकोशीमा खतराको रातो बत्ती बालिएको छ भने ब्यारेजको दुबै तर्फ २ वटा रातो झण्डा समेत फहराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]