सुन तोलाको ९९ हजार !

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला पाँच सय रुपैयाँले बढेर ९९ हजारमा कारोवार भै रहेको छ । हाल सुनको मूल्यमा हरेक दिनजसो रेकर्ड बनिरहेको छ । सुनको भाउ बढेपनि चाँदीको मूल्य भने आज यथावत छ । तेजावी सुन पनि ९८ हजार ५ सय ६० रुपैयाँमा कारेवार भएको छ ।चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोवार भैरहेको छ । कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको छ ।

प्रतिक्रियाहरु

[anycomment]