ओम्नी समुहलाई स्वास्थ्य सामाग्री खरीद जिम्मा दिने प्रकृयामा स्वास्थ्य मन्त्री ढकाल पनि ‘ दोषी ‘

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी समुहलाई स्वास्थ्य सामाग्री खरीद जिम्मा दिने प्रकृयामा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल संलग्न रहेको र त्यो कानुन विपरीत रहेको निष्कर्ष निकालेको छ । विभागीय प्रमुखले गर्नु पर्ने ती निर्णयमा मन्त्री ढकाल स्वयं संलग्न भएको देखिएको प्रतिवेदनको ठहर छ । प्रधानमन्त्री कार्यालयमातहत रहेको सो कार्यालयले ओम्नीसँगको सम्झौता प्रक्रियामा कानुन मिचिएको निष्कर्ष सहित त्यो प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिमा पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उनका सल्लाहकार डा.खेम कार्कीको संलग्नतामा ओम्नी समूहसँग महँगो मूल्यमा स्वास्थ्य सामग्री खरिदको निर्णय २०७६ चैत २० मा गरिएको थियो । ओम्नीलाई १ अर्ब २४ करोडको स्वास्थ्य सामग्रीको ठेक्का दिइएको थियो।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा प्राप्त प्रतिवेदनमा स्वास्थ्य सामग्री खरिदमा कानुन मिचिएको ठहर छ ।
समिति सभापति भरत शाहले सार्वजनिक खरिद अनुगमन कार्यालयको अध्ययन प्रतिवेदन प्राप्त भएको बताएका छन् ।
ओम्नीसँग स्वास्थ्य सामग्री खरिदमा अनियमितता आशंका भएपछि उक्त कार्यालयलाई अध्ययन गर्न लगाइएको थियो। समितिले प्रतिवेदन अध्ययन गरी आवश्यक निर्णय लिने समितिले जनाएको छ । उक्त कार्यालयका सुवासचन्द्र शिवाकोटी संयोजकत्वको समितिले ओम्नीसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको हो।

प्रतिक्रियाहरु

[anycomment]