नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर:गुरुङ

२०७० कार्तिक २१ गते, बिहीबार

काठमाडौं,२१ कात्तिक । नेपालस्थित अन्तराष्ट्रिय समुदायले चुनाव अवरोध गैरकानुनी भएको भन्दै विज्ञप्ति जारी गरेकोमा नेकपा-माओवादीका सचिव देव गुरुङले आपत्ति जनाएका छन् । सचिव गुरुङले आन्तरिक मामिलामा विदेशीहरुले हस्तक्षेप गरेको बताए । नेपाल सम्वत ११३४ को अवसरमा काठमाडौं क्षेत्र नं १० अन्तरगत पर्ने कीर्तिपुरको पाँगामा आज आयोजित कार्यक्रममा माओवादी सचिव गुरुङले भने – ‘नेपालको निर्वाचन भनेको आन्तरिक मामिला हो, उसले सल्लाह दिने कुरा हो । तर, त्यो ठीक र बेठीक भन्ने अधिकार छैन ।’
सचिव गुरुङले राजनीतिक दलहरुले आफ्नो निर्णय गर्ने अधिकार विदेशीलाई सुम्पिएको बताउदै नेपालस्थित अन्तराष्ट्रिय समुदायको तर्फबाट राष्ट्रसंघका आवासीय प्रतिनिधि जेमी म्याकगोल्डरिकले बुधबार विज्ञप्ति जारी गरी चुनाव रोक्न ३३ दलले आहृवान गरेको हड्ताललाई गैरकानुनी बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु