सुन प्रतितोला ९९ हजार ८ सय !

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ९९ हजार ८ सय पुगेको जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । हिजो आइतबार छापावाल सुन प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ पुगेको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय ३० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]