सुन तोलाको १ लाख १ हजार चार सय
काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला १ लाख १ हजार चार सय पुगेको जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो । आज एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य १ लाख १ हजार चार सय पुगेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ ।