सुन तोलाको १ लाख ३० हजार पुग्ने आँकलन !

२०७७ श्रावण २२ गते, बिहीबार

काठमाडौं । लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मुल्य हिजो प्रति तोला १ हजार ६ सय रुपैया बढेर १ लाख १ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो भने आज प्रति तोला एक लाख २ हजार पाँच सय पुगेको छ । त्यस्तै तेजावी सुन आज १ लाख २ हजारमा कारोबार भैरहेको छ । सुनको मुल्य अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २८ डलरले बृद्धि भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ । मूल्य बढेपछि बजारमा सुनको कारोवार भने ठप्प जस्तै छ ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो । केही दिनभित्रै सुनको भाउ नेपालमा १ लाख ३० हजारसम्म पुग्ने आँकलन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]