कमला ह्यारिस अमेरिकन उपराष्ट्रपतिको उम्मेदवार

२०७७ श्रावण २८ गते, बुधबार


काडमाडौं । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले उपराष्ट्रपतिका लागि सिनेटर कमला ह्यारिसलाई अघी सारेका छन । अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि लामो प्रक्रिया र विभिन्न चरणमा नेतृहरुसँग गरिएको अन्तर्वार्तापछि बाइडेनले क्यालिफोर्नियाकी ५६ वर्षीय सिनेटर ह्यारिसलाई छनौट गरेका हुन् ।
भारतीय मुलकी ह्यारिसले कुनै समय राष्ट्रपति उम्मेदवार बन्नका लागि बाईडेनलाई नैं चुनौती दिएको थिइन् । उपराष्ट्रपति उम्मेदवार बन्ने ह्यारिस पहिलो अश्वेत र एसियन अमेरिकन हुन । अमेरिकाको इतिहासमा यसअघि दुईपटक मात्रै महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले आफ्नो उपराष्ट्रपति चयन गरेका छन् ।bसन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो । तर उनिहरु दुवै जना चुनावमा पराजित भए । प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर सुरु भएको रंगभेद विरधी आन्दोलनपछि बाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाब थियो ।
बाइडेन–ह्यारिसले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नेछन । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]