इजरायल र यूएईबीच सम्बन्ध सुमधुर बनाउने सम्झौता

२०७७ श्रावण ३० गते, शुक्रबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वक्तव्यमार्फत इजरायल र संयुक्त अरब इमिरेट्स (यूएई) ले सम्बन्धलाई सामान्य बनाउन दुई देशबीच सम्झौता गरेको बताएका छन । यो सँगै इजरायलले कब्जा गरेको वेस्ट ब्याङ्कका थप भाग विस्तार गर्ने विवादास्पद योजना रद्द गर्न सहमत भएको छ ।
राष्ट्रपति ट्रम्पले यो सम्झौता गराउन मध्यस्थकर्ताको भूमिका खेलेका थिए । इजरायल र यूएईले उक्त सम्झौतालाई ऐतिहासिक शान्तिको दिशामा एउटा सफलता भनेको छ । हालसम्म कुनै पनि खाडी अरब देशहरूसँग इजरायलको कूटनीतिक सम्बन्ध स्थापना भएको छैन । तर इरानलाई लिएर बढ्दो सांझा चिन्ताले उनीहरूबीच सम्पर्क गराएको हो । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]