बेलारुसको सरकार विरोधी प्रदर्शन दबाउन रुसले सहयोग प्रस्ताव गरेको खुलासा

२०७७ श्रावण ३२ गते, आईतवार

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले आफ्नो देशको सरकारविरुद्ध जारी आन्दोलन दबाउन रुसले सहयोग प्रस्ताव गरेको जानकारी दिएका छन । प्रदर्शनको क्रममा मारिएका एक जना प्रदर्शनकारीको श्रदाञ्जलीका लागि राजधानी मिन्स्कमा हजारौं सर्वसाधारण भेला भएको समयमा आएको यो खबरलाई निकै अर्थपूर्ण मानिएको छ । राष्ट्रपति लुकाशेन्को रुससँग निकट हुन । आफुलाई अपदस्थ गर्न पश्चिमाहरुले प्रदर्शन उक्साईरहेको उनको आरोप छ । सन् १९९४ देखि सत्तामा रहँदै आउनुभएका लुकाशेन्कोले गत अगस्ट ९ मा भएको चुनावमा ८० दशमलब १ प्रतिशत मत पाएको बताएको छ ।
यसैबिच प्रदर्शनकारीहरुले निष्पक्ष कभरेजको माग गर्दै सरकारी टेलिभिजन बाहिर प्रदर्शन गरेका छन् । सरकारी टेलिभिजन आफुहरुप्रति पूर्वाग्रही बनेको प्रदर्शनकारीहरुको आरोप छ । सुरुमा सरकारी टेलिभिजनले प्रदर्शन सम्बन्धी खबर प्रशारण नगर्ने निर्णय गरेको थियो । त्यसपछि प्रदर्शनकारीलाई दोष लगाउने गरी केही कभरेज गरेपछि सर्वसाधारणले टिभि स्टेशन बाहिर प्रदर्शन गरेका हुन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]