पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमका अनुसार ती सबैमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बढाइएको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैयाँ पुगेको छ भने, डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य परिवर्तन गरिएको छैन । निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतबाट तेलको मूल्य बढेर आएकाले समायोजन गर्नुपरेको बताए ।