श्रमजीवी बर्ग तथा उत्पीडित समुदायको घाँटी थिच्न वुर्जुवा वर्गले पढ्दै नपढी सिकेका हुन्छन

२०७७ भाद्र १ गते, सोमबार
बलराम तिमल्सिना

श्रमजीवी बर्ग तथा उत्पीडित समुदायलाई हेप्न , होच्याउन, जुधाउन, फुटाउन, एक्ल्याउन, हतोत्साहित गर्न र घाँटी थिच्न वुर्जुवा वर्गले पढ्दै नपढी नि:शुल्क सिकेको हुन्छ। उसको त्यो कामलाई शिक्षा, संस्कृति, राजनीति, धर्म, परंपरा, रुढीवाद, अर्थतन्त्र, नियम-कानून, पुलिस प्रसासन, सरकार सत्ता सबैले एकीकृत रुपमा साथ दिएका हुन्छन्।
चाहे राजनीतिमा होस, चाहे साहित्यमा होस, चाहे अर्थतन्त्रको क्षेत्रमा होस या चाहे जीवनका कुनै पनि पक्षमा होस , वुर्जुवा बर्गको सदस्यले शोषित-उत्पीडित पक्षकालाई अलिकति पनि उदारता प्रकट नगरी लखेट्छन्।
उनीहरू निशुल्कमा पाएका अवयवहरूको मद्दतमा क्रान्तिकारी बिचारलाई हेप्ने, होच्याउने, अलगावमा पार्ने र निरुत्साहित गर्ने काम गर्छन् ! उनीहरू मुखले बहुत चिप्ला र मिठा कुरा गर्छन् तर भित्र भित्र आफ्नो र अर्काको ठ्याक ठ्याक चिनेर ब्यबहार गर्छन्।
साहित्यमा पनि यही कुरा लागू हुन्छ । आज विश्वव्यापी रुपमै क्रान्तिकारी शक्तिहरू रक्षात्मक भएको अवस्थामा साहित्यको क्षेत्र पनि रक्षात्मक छ। यो अवस्थालाई ख्याल गरेर विश्व पूजीवादले संसारभरि क्रान्तिकारी बिचारलाई वदनाम गर्ने र हेप्ने काम गरीरहेको छ।नेपाल पनि त्यसबाट अछुतो छैन। बुर्जुवाहरूको तुलनामा प्रगतिशील तथा क्रान्तिकारीहरू भने अलमलमा छन्। उनीहरू विभाजित छन्। झण्डै झण्डै एक्ला एक्लै छन् कतिपय अवस्थामा नामका कारणले वुर्जुवाहरूलाई प्रगतिशील मानेर उनीहरूसँगै हराउने समस्या छ। आफूलाई कम्युनिष्ट भन्नेहरूको एउटा ठूलो तप्का नाम र झण्डा यथावत राखेर बुर्जुवा राज्य सत्ताको सेवा गर्न पलायन भएको करणले एकै पटक हजारौंको संख्यामा लेखक साहित्यकार तथा वुध्दिजीवीहरू पनि त्यही राजनीतिक धारलाई पक्रदै बुर्जुवा ब्यबस्थाका दलाल हुन पुगेका छन्।तीमध्ये कति अझै साहित्यमा प्रगतिशील तथा राजनीतिमा प्रतिगामीको बिचित्र अवस्थामा छन् भने केही भने निकै ठूलो निराशा र दोधारमा छन्। यस्तो बेलामा क्रान्तिकारीहरूले पहल लिने र प्रगतिशील/ प्रगतिवादी साहित्यिक आन्दोलनमा देखापरेको वुर्जुवापरस्त चिन्तनबाट आफूलाई अलग गरेर पृथक धाराको निर्माण गर्न जरुरी छ। तर त्यो दिशामा वाञ्छित प्रगति भैरहेको छैन।
आज वास्तवमा प्रगतिशिल/ प्रगतिवादी साहित्यिक आन्दोलनले आफ्नो संगठनात्मक अवस्था गुमाएर व्यक्ति तथा समुहहरूका छुट्टाभिन्न गतिबिधीहरूले धान्ने अवस्थामा छ।हामीले यो अवस्थालाई बदल्नै पर्छ। यो अवस्थालाई बदलेर एउटा नौलो पहल लिन सकिएन भने हाम्रो हालत पनि – आगे आगे चले राम पिछे पिछे चले हनुमान हुने निश्चित छ।
ख्याल रहोस- मैले एति कुरा गर्ना साथ पनि – संसारमा अझै मार्क्सवाद छ र ? नेपालमा पनि कम्युनिष्ट छन् ? बाफ्रे के हो प्रगतिवाद भनेको ? खूरु खुरु नलेखेर यो यो वादी ऊ वादी किन भन्नु पर्यो भनेर चारैतिरबाट प्रश्न आउन थाल्ने छन भने प्रगतिशिल भन्नेहरू प्रतिवाद गर्नुको सट्टा छुचो नहुने र सबैको जाती बन्ने बुर्जुवा भ्रमको शिकार बनेर सिरक ओढेर सुत्ने छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नक्कली कम्युनिस्ट हुनुको परिणाम

२०८२ भाद्र ३ गते, मंगलवार

के हो समाजवाद ?

२०८२ भाद्र ३ गते, मंगलवार