सैनिक कब्जामा परेपछि राष्ट्रपतिद्वारा राजीनामा

काठमाडौं । मालिका राष्ट्रपति इब्राहिम बुबाकार केयटाले राजीनामा दिएका छन् । सुरक्षाकर्मीको बन्धकमा परेपछि मालीले एक सरकारी टेलिभिजनमा सम्बोधन गर्दै सरकार र संसद् पनि भङ्ग गरेको बताएका छन् । उनले आफ्नो कारण जनतामा निरासा र देशमा रगत नबगोस भन्दै राजीनामा दिएको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधनमा भने – ‘म आफूलाई शक्तिमा राखेरहेर रगत बगाउन चाहन्न ।’
मंगलबार मालीका सैनिकहरुले राष्ट्रपति इब्राहिम बुबाकार केयटा, प्रधानमन्त्री बूबू सीशे, राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्रीसहित उच्च अधिकारीहरुलाई बन्धक बनाएका थिए । त्यहाँका सैनिकहरु लामो समयअघिबाट सरकारसँग अशन्तुष्ट थिए । बिद्रोहहीसँगको निरन्तर हिंसाका कारण राष्ट्रपतिसँग असन्तुष्ट बनेका सैनिकहरुले राष्ट्रपतिको आदेश नमान्दै उल्टै नियन्त्रणमा लिएका थिए । त्यहाँका सैनिकहरुले राष्ट्रपति र प्रधानमन्त्री सहित उच्च अधिकारीहरुलाई गिरफ्तार गरेर राजधानी नजिकैको एउटा छाउनीमा लगेर राखेका थिए । यो घटनाको क्षेत्रीय सङ्गठन सहित अन्तर्राष्ट्रिय रूपमा भर्त्सना गरिएको छ। सैनिकहरुले उनीहरुलाई राखेको स्थान मुख्य सैन्य शिविरमा मङ्गलवार बिहान गोलीसमेत चलेको बताइएको थियो । – एजेन्सी