बैंकका कर्मचारी बाटाेमै रोकिए : बैंकिङ सेवा बन्द गर्ने निर्णय

२०७७ भाद्र ४ गते, बिहीबार


काठमाडौं । नेपाल बैंकर्स संघले कार्यालय हिँडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले रोकेपछि बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । जिल्ला प्रशासनद्वारा जारी निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाका शाखा खुलै राख्ने व्यवस्था भए पनि सुरक्षाकर्मीले भने कार्यालय हिँडेका कर्मचारीलाई बाटाेमै रोकेका छन् । यसका कारण बैंकहरूले उपत्यकामा शाखा कार्यालयहरू नखाेल्ने निर्णय गरेका छन् । बैंकका कर्मचारीलाई प्रहरीले दु:ख दिएकाे भन्दै नेपाल बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न निर्देशन दिएको हो । बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले ‘प्रहरीले बैंकका कर्मचारीलाई अनावश्यक दुःख दिएकाे ‘ भन्दै बुधबार बैंकका शाखा नखाेल्ने निर्णय भएकाे बताए ।
काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकीय सेवा खुलै राख्ने भनिएकाे थियाे, जसभित्र बैंक तथा वित्तीय संस्था पनि पर्ने भएकाले सीमित संख्यामा खोल्ने विषयमा मंगलबार साँझ स्थानीय प्रशासन, नेपाल राष्ट्र बैंक र बैंकहरूबीच सहमति भएको थियो । तर त्यसबिपरीत स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेकाे भन्दै बैंकर्स संघले असन्तुष्टि जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]