काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र ४ गते, बिहीबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । काठमाडौं जिल्लाका एक सय ७४, ललितपुरका १८ र भक्तपुरका आठजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु