कोरोना संक्रमितको संख्या दुई करोड २२ लाख नाघ्यो !

२०७७ भाद्र ५ गते, शुक्रबार

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आजसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या दुई करोड २२ लाख ५६ हजार २२० पुगेको बताएको छ । ती मध्ये दुई लाख ६३ हजार ६०१ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ । सोही अवधिमा अरु छ हजार ५५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४५६ पुगेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]