‘टिक टक’द्वारा ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल

२०७७ भाद्र ७ गते, आईतवार

काठमाडौं । चिनियाँ भिडियो एप ‘टिक टक’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय विरुद्ध अदालतमा अपिल गरेको छ । हालै ट्रम्पले अमेरिकामा टिकटक प्रतिबन्ध गरेपछि कम्पनीले कानुनी उपचार खोजेको हो । ट्रम्पको कार्यकारी आदेश विरुद्ध यसै साता न्यायिक सुनवाई सुरु हुने बताइएको छ ।
अमेरिकामा सेप्टेम्बर महिनाको मध्यदेखि टिकटकको संचालक कम्पनी ‘बाईट डान्स’ सँग कुनै कारोबार नगर्न ट्रम्पले आदेश जारी गर्नुभएको थियो । टिकटकले अमेरिकी नागरिकको गोप्य सूचनाहरु चिनिया सरकारलाई उपलब्ध गराउन सक्ने ट्रम्पको भनाई छ । तर टिकटकले भने ट्रम्पको आरोप अस्विकार गरेको छ । अमेरिकामा टिकटकका ८ करोड सक्रिय प्रयोगकर्ताहरु रहेका छन् ।
यसअघि अर्को चिनियाँ एप विच्याटले पनि कानुनी उपचारको बाटो खोजेको भियो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]