निषेधाज्ञा उल्लंघन गर्ने १४७ सवारी साधन कारबाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज विहान निषेधाज्ञा अवज्ञा गर्ने एक सय ४७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । महाशाखाले निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे एक सय छत्तिस र चारपाङ्ग्रे एघार वटा गाडीलाई होल्ड गरिएको जनाएको छ ।
हिजो पनि प्रहरीले ७ सय ३५ सवारी साधनलाई दिनभर होल्ड गरेर साँझ छाडेको. थियो । निषेधाज्ञा उग्लघन गर्नेलाई स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ ।
उपत्यकामा गत बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । सवारी साधनको सञ्चालन रोकिएको छ भने सर्वसाधारणको हिँडडुल प्रतिबन्धित छ । अत्यावश्यक सेवाका पसल भने विहान सातबजेसम्म मात्रै सञ्चालनको अनुमति दिइएको छ ।