काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६६ सहित देशभर ८१८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंमा १२६ , ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ३ हजार २ सय ६२ पुगेको छ भने कुल ३१ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् भने देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् ।