नेपाल कम्युनिस्ट पार्टीद्वारा पहिरो पीडितहरुको उद्दार र राहत वितरण

२०७७ भाद्र ८ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले गत ४ गते बिहीबारका दिन अविरल बर्षाका कारण रोल्पा र सल्यानका विभिन्न स्थानमा गएको पहिरोले घरबारविहीन भएका परिवारलाई राहत वितरण गरेको छ । राेल्पाकाे गंगादेव गाउँपालिका वडा नं. ४ पाखापानी धरमपानीका दुर्गा वली र पाखापानी गौरानेटाका सुवास बिरही डिसीको घर माथिबाट आएको पहिरोले घर भत्काउदा खाद्यान्न, लत्ताकपडा गरेर लाखौँको क्षति भएको छ त्यस्तै राेल्पा र सल्यान दुई जिल्लाकाे सिमानामा पर्ने सल्यान बागचौर नगरपालि नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दको नेतृत्वमा एक टोली पुगि पहिरो पीडितहरुलाई भेटेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुका साथै घर पूर्णरूपमा क्षति भएका पीडितहरुलाई राहत वितरण गरेको छ । दुईवटा घर पुर्ण रूपमा क्षति भएका परिवारलाई नेपाल कम्युनिस्ट पार्टी रोल्पा र नेपाल कम्युनिस्ट पार्टी सल्यान १२ नं. एरियाको संयुक्त पहलमा राहत स्वरुप चामल, दाल, नुन, तेल वितरण गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्दले छोटो प्रतिक्रिया दिदै जनताहरु यसरी घरबार बिहिन भएर यो वर्षे झरीमा भोकभोकै जोखिमपूर्ण तरिकाले रात बिताइरहदा अहिलेको कम्युनिस्ट खोल ओढेको सरकार रमिते बनेर बसिरहेको बताए । साथै अहिलेको सरकार कमिसन, भ्रष्टाचार, लुटपाटमा ब्यस्त भएकाले श्रमजीवी जनताको समस्या नदेखेको बताए । एक अर्को प्रसंगमा आफ्नो पार्टी सधैँ जनताको बिचमै रहेकाले जनतालाई जति बेला समस्या पर्छ त्यतिबेला सक्दो सहयोग गर्ने बताए । पहिरोको कारण समस्यामा परेका नागरिकको उद्धार, राहत वितरण, संरचना निर्माण लगाएतका कार्यमा नेता कार्यकर्ता जुट्दै गर्दा प्रशासनले अनावश्यक दुख दिइरहेको गुनासो गर्नु भयो । जस्तो सुकै चुनौतीहरु आएपनि आफुहरु जनताको सेवामा लागिरहने बताए । पीडितहरुले राहत पाएपछि आफुहरु खुसी भएको बताए । दुई तिहाइको सरकारले कुनै वास्ता नगरेपनि नेपाल कम्युनिस्ट पार्टीले आफुहरुको वास्तविक पीडा बुझेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।साथै उनीहरुको अब केपी ओली सरकारको आस मरिसकेको र विप्लवले नेतृत्व गरेको पार्टीबाट मात्र आसा गर्ने ठाउँ रहेको बताएका थिए । उक्त राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रोल्पाका सेक्रेटरी दिनेश विक्रम चन्द, पार्टी जिल्ला कमिटी सदस्य महेश, युवा संगठन नेपाल, रोल्पाका अध्यक्ष प्रज्ज्वल, उपाध्यक्ष डिल्लीरमण, सचिव बिपिन, कोषाध्यक्ष जय, युवाका जिल्ला कमिटी सदस्य सुरेन्द्र, सल्यान जिल्ला पार्टीका १२ नं. एरियाका अमर लगायत स्थानीय पार्टी कार्यकर्ता, जनताको उपस्तिथि रहेको बताइएको छ ।
गत ४ गते बिहीबारका दिन अविरल बर्षाका कारण
राेल्पाकाे गंगादेव गाउँपालिका वडा नं. ४ पाखापानीको धरमपानीमा पाँच वटा घरमा क्षति पुर्‍याएको छ । पाखापानी धरमपानीका दुर्गा वली र पाखापानी गौरानेटाका सुवास बिरही डिसीको घर माथिबाट आएको पहिरोले घर भत्काउदा खाद्यान्न, लत्ताकपडा गरेर लाखौँको क्षति पुर्‍यायाे । यस्तै रोल्पा र सल्यानको सिमानामा पनि पहिरोले ठुलो क्षति पुर्‍याएको छ । दुई जिल्लाको सिमाना बागचौर नगरपालिका १२ ओख्रेनी टोल स्थित बिरसिंह डाँगीको दुईवटा घर माथिबाट आएको पहिरोले बगाउदा पूर्ण रुपमा क्षति भएको छ । अन्नपात, लत्ताकपडा, नगद रकम सबै पहिरोले घरसंगै बगाएको छ भने ११ जनाको परिवारले भागेर ज्यान बचाउन सफल भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]