पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न माग

काठमाडौ । नेपाल पत्रकार महासंघले पत्रकारहरुको निःशुल्क कोरोना परीक्षण गर्न माग गरेको छ । महासंघले एक विज्ञप्ति प्रकाशित गर्दै फिल्डमा खटिने सम्वाददाता र फोटो पत्रकारहरुको निःशुल्क पीसीआर परीक्षण गर्न सरकारसँग माग गरेको हो ।
त्यस्तै महासंघले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पत्रकारलाई आग्रह गरेको छ । फिल्डमा खटिने पत्रकारका लागि पर्याप्त स्वास्थ्य सामाग्रीको ब्यवस्था गर्न पनि उसले आग्रह गरेको छ । पत्रकार महासंका अनुसार अहिलेसम्म देशभर ३० जना पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।