काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय २४ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ७७ संक्रमित थपिएका छन् भने ललितपुरमा ३३ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १४ जना संक्रमित देखिएका छन् ।