अखिल (क्रान्तिकारी) शैक्षिक मुद्दाहरुमा सहकार्य गर्न तयार

२०७७ भाद्र ९ गते, मंगलवार

काठमाडौँ । अखिल (क्रान्तिकारी)ले जनता बहुमुखी क्याम्पसका प्राध्यापक द्वय बीचको अश्लिल फोन संवाद बाहिर आए सगै विकृत र खराव बन्दै गइरहेको क्याम्पसको अवस्था साथै विद्यार्थी आन्दोलन र विभिन्न संघ–संगठनहरु बीचमा हुने एकापसका लडाई भन्दा एक कदम माथी उठेर शैक्षिक क्षेत्रको प्रतिष्ठालाई कायम राख्नका निम्ति, विद्यार्थीहरुका जायज मागलाई सम्बोधन गराउनका निम्ति एउटै बुलन्द भएर उठेका न्यायका आवाजहरु स्वागत योग्य भएको बताएको छ । अखिल (क्रान्तिकारी) सुनसरीका अध्यक्ष नताशा सुवेदीले एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएकी हुन् । अध्यक्ष सुवेदीले आगामी दिनहरुमा जनता क्याम्पसमा मात्र नभएर पूर्वकै शैक्षिक मुद्दाहरुमा सहकार्य र हातेमालो आवश्यक रहेको कुरालाई संकेत गर्दछ भन्दै आफ्नो संगठन अखिल (क्रान्तिकारी) जस्तोसुकै परिस्थितिमा पनि तयार रहने उद्घोष गरेको छिन ।
यस बिषयमा अखिल (क्रान्तिकारी) सुनसरीका अध्यक्ष नताशा सुवेदीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” विद्यार्थीहरुका माझ शैक्षिक आकर्षणको केन्द्रका रुपमा उदाउदै गइरहेको इटहरीमा अवस्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक द्वय बीचको अश्लिल फोन संवाद बाहिर आए स“गै विकृत र खराव बन्दै गइरहेको क्याम्पसको अवस्था साथै विद्यार्थी आन्दोलन र विभिन्न संघ–संगठनहरु बीचमा हुने एकापसका लडाई भन्दा एक कदम माथी उठेर शैक्षिक क्षेत्रको प्रतिष्ठालाई कायम राख्नका निम्ति, विद्यार्थीहरुका जायज मागलाई सम्बोधन गराउनका निम्ति एउटै बुलन्द भएर उठेका न्यायका आवाजहरु स्वागत योग्य छ । यसले आगामी दिनहरुमा जनता क्याम्पसमा मात्र नभएर पूर्वकै शैक्षिक मुद्दाहरुमा सहकार्य र हातेमालो आवश्यक रहेको कुरालाई संकेत गर्दछ । यसका लागि हाम्रो संगठन अखिल (क्रान्तिकारी) जस्तोसुकै परिस्थितिमा पनि तयार रहने कुरा अवगत गराउदछौ ।
जनता क्याम्पसका प्राध्यापक राजन भट्टराई र कृष्णकला राई बीचको अमर्यादित फोेन संवाद विभिन्न मिडियामा क्याम्पसको नामलाई जोडेर बाहिरिए स“गै हाम्रो संगठनले प्रेस विज्ञप्ति सार्वजनिक गरेको थियो । उक्त प्रेस विज्ञप्ति पश्चात् क्याम्पस प्रशासनले निर्धारण गरेको छलफलमा प्रष्ट रुपमा उक्त घटनाको छानविन गरी कारवाही प्रक्रियालाई अगाडी बढाउन हाम्रो संगठनले ध्यानाकर्षण गराएको कुरा जानकारी गराउदछौ ।
विभिन्न संघ–संगठनहरुसगको छलफल पछि क्याम्पस प्रशासनले सञ्चालक समितिलाई प्रतिवेदन बुझाइ सक्दा पनि कुनै प्रक्रिया अगाडी नबढाउनुले सञ्चालक समितिका अध्यक्षको नियत माथि प्रश्नचि⋲न खडा भएको छ । यदि क्याम्पसको प्रतिष्ठालाई कायम राख्न र यसको उन्नतिका निम्ति चिन्तित हुनुहुन्छ भने तत्काल प्रक्रिया अघि बढाइयोस् अन्यथा राजनैतिक आवरणमा बचाउका लागि अभिप्रेरित हुन खोजे संगठनले जो कसैलाई न छाड्ने कुरा अवगत गराउन चाहन्छ ।
अन्त्यमा, विभिन्न संगठनहरुले उठाएका न्यायोचित मागहरु प्रति एैक्यवद्धता जनाउदै पुनः कारवाही प्रक्रिया अघि बढाउनका लागि समयमै सञ्चालक समितिको ध्यानाकृष्ट होस् । अन्यथा विद्यार्थीका न्यायोचित मागहरु प्रति वेवास्ता गरे त्यसबाट सृजित परिस्थितिको सामना गर्न तयार रहनुपर्दछ साथै त्यसको जवाफदेहीता सञ्चालक समिति स्वयं हुनुपर्नेछ। “

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु