आज काठमाडौं उपत्यका २३२सहित देशभर ८५५ जना संक्रमित थपिए

२०७७ भाद्र ९ गते, मंगलवार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा देखिएको यो संख्या आजसम्मकै सबैभन्दा उच्च हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ सय १३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोनामुक्त भएर घर जानेको संख्या १९ हजार १ सय १९ पुगेको छ । संक्रमित निको हुने दर ५७ प्रतिशत छ । अहिले देशभरि १४ हजार २५० जना संक्रमित आइसोलेसनमा छन् । तीमध्ये ५ हजार ६ सय ६९ जना घरमै र बाँकी ८ हजार ५ सय ८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
देशभरका क्वारेन्टिनमा दशहजार ४ सय ५३ जना मानिस रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ६ लाख २१ हजार ९ सय एक पीसीआर नमूना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौंमा तीन जना, सिरहा, पर्सा, धनुषा र रुपन्देहीमा एक–एक जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु