भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए

२०७७ भाद्र १० गते, बुधबार


काठमाडौ । चितवनको भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित व्यक्ति नुवाकोटमा भेटिएका छन् । प्रहरीको चेकजाँचका क्रममा संक्रमित १९ बर्षे युवक नुवाकोट बेलकोटगढी-५ स्थित भेटिएका हुन् । साइकलमा जाँदै गर्दा भेटिएका उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको छ ।
चोरीको आरोपमा पक्राउ परेका उनलाइ कोरोना संक्रमण पुष्टि भएको थियो । भरतपुर अस्पतालको आइसोलेसनमा बस्दै आएका उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]