नेपाली कांग्रेसद्वारा सरकार दिशाविहिन र योजनाविहिन भएको ठोकुवा

काठमाडौं । नेपाली कांग्रेसले सरकार दिशाविहिन र योजनाविहिन भएको ठोकुवा गरेको छ । कांग्रेसका सह–महामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले आज एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । महतले कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गर्न माग समेत गरेका छन । उनले सरकारले लकडाउन गर्ने, खोल्ने, फेरी बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको बताएका छन । महतले आज सरकारकै अकर्मण्यता र संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जादैछ र नागरिक जीवन अत्यन्त संकटमा परेको बताएका छन । उनले यस अवस्थामा सरकार तत्कालै गर्नु पर्ने १३ कार्यहरुको उल्लेख गरेका छन ।