काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ सहित देशभर ८८५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २३० जना संक्रमित थपिएका छन् भने ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको छ ।
उक्त मन्त्रालयका अनुसार १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन्हो भने होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप ११ जनाको मृत्यु भएको हो । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १७५ जना पुगेको छ । मृत्यु हुनेमा भक्तपुरकी ५३ वर्षीया र मोरङकी ४६ वर्षीया महिला हुन्। त्यस्तै कैलालीका दुई, महोत्तरीका तीन, बाँकेका एक, काठमाडौंका एक र बाराका दुई जना पुरूष छन् ।