महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका २२ जना प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मनमैजु हत्या प्रकरणका आरोपितलाई कोरोना भाइरसको संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा प्रहरी अधिकारीहरुको स्वाब संकलन गरिएको थियो ।
त्यसमा २२ जना प्रहरी अधिकारीको रिपोर्ट पोजेटिभ आएको हो । घटनाको अनुसन्धानमा खटिएका महानगरीय अपराध महाशाखाका अधिकारीहरुको पनि स्वाब संकलन गरिए पनि सबैको रिपोर्ट नेगेटिभ आएको एसएसपी दीपक थापाले बताए ।
यता , जनसेवा प्रहरी वृत्त र ट्राफिकमा कार्यरत २० जना प्रहरीमा पनि हालै कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांशलाई प्रहरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]