निषेधाज्ञा उलंघन गर्ने १६० सवारी होल्ड

२०७७ भाद्र १३ गते, शनिबार

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा उलंघन गर्ने १६० सवारी साधन कारबाहीमा परेका छन । ट्राफिक प्रहरी महाशाखाले आज अत्यावश्यक तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकाबाहेक निषेधाज्ञाको उल्लंघन गर्ने १ ६० गाडी होल्ड गरेको बताएको छ । ट्राफिक प्रहरीले हिजोपनि उपत्यकामा १ हजार ५८ सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ । निषेधाज्ञाको उल्लंघन गरेर चलाएका ८ सय ६९ दुईपाङग्रे र १ सय ८९ चारपाङग्रे गाडीलाई होल्ड गरिएको हो । निषेधाज्ञाका बेला उपत्यकामा झण्डै १५ सय ट्राफिक प्रहरी परिचालन गरिएको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]