लोकसेवा आयोगले विज्ञापन नखोल्ने !

२०७७ भाद्र १३ गते, शनिबार


काठमाडौं । लोकसेवा आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ । यस अघि आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने भएको हो । संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको छ । यद्यपी परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने बताइएको छ ।
आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ । तर, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने जानकारी दिए । आयोगले यस वर्ष विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]