नेपालमा कोरोनाबाट ४९ हजार जनाको मृत्यु हुन सक्ने !

२०७७ भाद्र १३ गते, शनिबार


काठमाडौं । यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार दुई सय जनाको मृत्यु हुन सक्ने देखाएको छ । प्रोफेसर लिसा ह्वाइट, डा. निकोलस लेक्फोर्ड, डाक्टर सुनील पोखरेल, डाक्टर दिप्ती लता तथा डाक्टर राशिद जमान सहभागी टोलीले उक्त अध्ययन प्रतिवेदन तयार गरेको हो।
मोडलिङ अफ कोभिड नाइन्टिन स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये ३५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको छ । अध्ययनमा सन् दुई हजार वीसको अन्त्यसम्ममा कूल जनसंख्याको ८१ प्रतिशत भाइरसबाट संक्रमित हुनसक्ने औंल्याएको छ । नेपालमा संक्रमणको वृद्धिदर र यो वर्षको अन्तिमसम्म हुने अवस्थालाई प्रतिवेदनमा तीन फरक फरक सुरक्षात्मक उपायका आधारमा वर्गीकरण गरेर प्रक्षेपण गरिएको छ ।
नेपालले मध्यम किसिमको रणनीति अपनाए मृत्यु हुनेको संख्या ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । उच्च अवरोधक रणनीति लागू गरेमा त्यो संख्या ३३ हजारमा सीमित पार्न सकिने पनि प्रतिवेदनमा जनाइएको छ । मे महिनामा नेपालमा देखिएको संक्रमणको अवस्था अध्ययन गरेर प्रतिवेदन तयार गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]