राष्ट्रपतिविरुद्ध प्रदर्शन, १ सय २५ जना पक्राउ

२०७७ भाद्र १५ गते, सोमबार

काठमाडौं । राष्ट्रपतिविरुद्ध भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि १ सय २५ जना पक्राउ गरेको छ । यो घटना बेलारुसको हो । राष्ट्रपति एलेक्जेन्डर लुकासेंन्कोको राजीनामाको मागसहित राजधानी मिंक्समा भेला भएका हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध गरेका छन् । गत अगष्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् । केही प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप समेत भएको छ ।
बिगत २६ वर्षदेखि लगातार राष्ट्रपति रहेका ६६ लुकासेन्को उमेर हदका कारण पनि पदमा बस्न लायक नभएको भन्दै प्रदर्शनकारीहरुले राजीनामा नदिएसम्म प्रदर्शन जारी रहने चेतावनी दिएका छन् । यता राष्ट्रपति लुकासेन्कोले निर्वाचनमा धाँधली नभएको भन्दै आफू कुनै पनि हालतमा पद त्याग गर्ने पक्षमा नरहेको अडान दोहो¥याउँदै आउनुभएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु