पछिल्लो २४ घण्टामा ११२० जना कोरोना संक्रमित थपिए

२०७७ भाद्र १७ गते, बुधबार


काठमाडौं । काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५० जना, ललितपुरमा २९ र भक्तपुरका ९ जना रहेका छन् । त्यस्तै मोरङमा ५३, सुनसरीमा ७२, धनुषामा ६२, पर्सामा ४९, बारामा २३, सर्लाहीमा पचास जनामा संक्रमण देखिएको छ । त्यस्तै कास्कीमा २४, लमजुङमा १९, बाँकेमा ४२ र रुपन्देहीमा २७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा उपत्यका सहित विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छ महिला र छ जना नै पुरुष छन । मन्त्रालयका अनुसार चितवनमा दुई, काठमाडौं, ललितपुर, तनहुँ, कपिलबस्तुमा एक–एक महिलाको मृत्यु भएको छ । त्यस्तै काठमाडौंमा दुई, चितवन, भक्तपुर, बारा र धादिङमा एक–एक पुरुषको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]