क्यानद्वारा विभिन्न पदमा दरखास्त आह्वान

२०७७ भाद्र १८ गते, बिहीबार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक, महाप्रवन्धक, प्रमुख बित्त प्रवन्धक, क्रिकेट व्यवस्थापक र प्रदेश प्रशिक्षकका लागि खुल्ला दर्खास्त आह्वान गरेको छ । क्यानले प्रदेश प्रशिक्षक ७ जना र अन्य पदका लागि एक जनालाई छनोट गर्ने जनाएको छ । क्यानले महाप्रवन्धक, बित्त प्रवन्धक र क्रिकेट व्यवस्थापकका लागि पहिलो पटक दरखास्त आह्वान गरेको हो । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ संग समन्वयमा क्यानले रिक्त पदमा कर्मचारी माग गरेको हो ।
प्रमुख प्रशिक्षक बन्नका लागि लेभल थ्री को प्रशिक्षण कोर्स गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ । योग्यता पुगेका उम्मेदवारले बीस दिनभित्र आफ्नो व्यक्तिगत विवरणसहितको निवेदन क्यानको इमेलमा पठाउन सक्ने क्यानको सूचनामा उल्लेख छ । तत्कालिन प्रशिक्षक उमेस पटवाललेले राजीनामा दिएपछि नेपाली राष्ट्रिय टिम फेब्रुअरीदेखि मुख्य प्रशिक्षक विहीन छ । अहिले राष्ट्रिय खेलकुद परिषद्का मुख्य प्रशिक्षक जगत टमटालाई नेपाली टिम हेर्ने जिम्मेवारी दिइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु