पछिल्लो २४ घण्टामा १,२२८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ सहित देशभर १,२२८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १,२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२, ८७७ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको मन्त्रालयले बताएको छ ।