भारतमा एकैदिन ८४ हजार कोरोना संक्रमित थपिए !

काठमाडौं । भारतमा एकैदिन ८४ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार भारतमा ८४ हजार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३९ लाख ३३ हजार १ सय २४ पुगेको छ । हिजो एकै दिन भारतमा १ हजार ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनावाट मृत्यु हुनेको संख्या ६८ हजार ६ सय ६९ पुगेको छ । संक्रमित ३० लाख ३२ हजार ९ सय १६ जना उपचारपछि निको भएका छन् । ८ लाख ३१ हजार ६ सय ३९ जना उपचाररत छन् ।
विश्वमा संक्रमितको संख्या दुई करोड ६४ लाख ६७ हजार पुगेको छ । तिमध्ये एक करोड ८६ लाख निको भएका छन् । मृत्यु हुनेको संख्या आठ लाख ७३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप पाँच हजार ८ सय भन्दा धेरैको मृत्यु भएको छ । २ लाख ८६ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । – एजेन्सी