स्याङ्जामा मोटरसाइकल जलाइयो
स्याङ्जा, २७ कात्तिक – स्याङ्जाको तिन्दोबाटे गाविस ६ चिउरीमा अज्ञात समूहले मोटरसाईकलमा आगजनी गरेको छ ।एकादशीको अवसरमा राम नदी धाम राम्दीका लागि छुटेको लु १२ प २७८४ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो ।१०/१२ जनाको समूहमा रहेका नचिनेका मान्छेले आगजनी गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक थुमपोखरा गाविस ८ का नारायणविक्रम खाँड भने सकुशल हुनुहुन्छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैबिच , नवलपरासिको प्रगतिनगरमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । प्रगतिनगर ७ गैडि चोकका नारायण दत्त भुर्तेलको घरको आगनमा कार्टुनमा खतरा लेखेर राखिएको वस्तु नेपाली सेना र प्रहरीको टोलि पुगेर हेर्दा बम नभएको पुष्टि भएको हो । सो कार्टुनमा चाउचाउका खालि पोका, कागजको टुक्रा भरेेर राखिएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिए । अज्ञात समुहले जनजिवन त्रसित बनाउन सो वस्तु राखेको हुनसक्ने अधिकारीले बताए ।बिहानै खतरा भनेर लेखिएको कार्टुन देखेपछि सर्वसाधारण बम भनेर त्रसित भएका थिए ।