एमाओवादी उम्मेदवारमाथि बम प्रहार

२०७० कार्तिक २७ गते, बुधबार

काठमाडौं, २७ कार्तिक । भोजपुर क्षेत्र नम्बर–२ का एकीकृत नेकपा माओवादीका उम्मेदवार सुदन किराती राईको टोलीलाई लक्षित गरी बम प्रहार गरिएको छ । आज बिहान गोगने गाविसबाट कोट गाविसतर्फ गइरहेको राईको टोलीमाथि दुईटा ग्रीनेड प्रहार भएको हो । बम विष्फोटबाट मानवीय क्षति नभएको र शंकास्पदको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । एमाओवादी टोलीमाथि अज्ञात समूहले भीर माथिबाट ढुँ्गा मुढासमेत गरेका थिए ।
सर्लाहीमा संघीय समाजवादी पार्टीका उपाध्यक्ष तथा क्षेत्र नम्बर २ र ४ का उम्मेदवार मोहम्मद रिजवान अन्सारीको गाडीमा गएराति आगजनी गरिएको छ । हरिऔनमा रोकिराखेको अवस्थामा चार जनाले पेट्रोल छर्केर जिपमा आगो लगाएका हुन् ।
यसैबीच , मेची राजमार्ग अन्र्तगत इलामको गोदकमा आज बिहान भेटिएको टुकी बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । गोदक–४ घट्टामा कार्टुनभित्र राखिएको बम इलाम सदरमुकामस्थित गढीथुम्का व्यारेकबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको हो ।
यसैगरी झापा र इलामको सीमावर्ती कोल्बुङ–९ सुनमाई आज बिहान बाल्टिनमा शंकास्पद वस्तु फेला परेको छ । बन्दका कारण मेची रामार्गमा गाडी चल्न सकेका छैनन् भने केही गाडीलाई स्कटिङ गरेर प्रहरीले गन्तव्यतर्फ लगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]