अमेरिकाको बजेट घाटा हालसम्मकै उच्च !

२०७७ भाद्र २७ गते, शनिबार


काठमाडौँ । कोरोना भाइरस महामारीका कारण अमेरिकाको बजेट घाटा हालसम्मकै उच्च भएको छ । कोरोना भाइरस विरुद्धको अभियानमा सरकारले गरेको ठूलो खर्चले बजेट घाटा ३० खर्ब डलर पुगेको हो । महामारी अगाडि नै अमेरकी बजेट १० खर्ब घाटामा थियो । अर्थतन्त्र सकारात्मक बनाउने गतिमा रहँदै गर्दा संक्रमण शुरु भएपछि बजेट घाटा बढदै गएको हो । कोरोना नियन्त्रण प्रयासका लागि मात्रै अमेरिकाले २० खर्ब डलर खर्च गरेको छ ।
अमेरिकी सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ६० खर्ब बढी खर्च गरिसकेको तथ्यांकले देखाएको छ । अमेरिकाको यो बर्ष कुल घाटा २ सय ६० खर्ब डलर पुग्ने अनुमान गरिएको छ । सेप्टेम्बरमा आर्थिक वर्ष सकिने अमेरिकामा तेश्रो त्रैमासिकमा अर्थतन्त्र ३० प्रतिशतले खुम्चिएको छ । बेरोजगारी दर र व्यापार बन्द हुने क्रमपनि बढेको छ । अमेरिकामा पछिल्लो समय तीन करोड मानिस बेरोजगार रहेको तथ्यांकले देखाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु