सिन्धुपाल्चोकमा भिषण पहिरो: ५ जनाको मृत्यु , २६ जना बेपत्ता, १८ वटा घर पुरिए

२०७७ भाद्र २८ गते, आईतवार

काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसेमा पहिरोले १८ वटा घर पुरिँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
पहिरोमा पुरिएका मध्ये ३ महिला र २ जना पुरुषको शव भेटिएको छ । नागपुजेकी ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, भिरखर्कको विक टोलकी २३ वर्षीया जुनुमाया विक र नेवार टोलकी ६० वर्षीया सर्किनी नेवारको पहिचान भएको छ । अझै २६ जना बेपत्ता रहेको बताइएको छ । ३ जना घाइते अवस्थामा छन ।
पहिरोमा कारण १८ वटा घर पुरिएका छन् । सिन्धुपाल्चोकको घुम्थाङको नागपुजेमा मा ८ र भीरखर्कमा १० वटा घर पुरिएका छन् । त्यहाँ दर्जनौ बेपत्ता रहेको आशंका गरिएको छ । रातीदेखि अत्यधिक वर्षा भएकाले घटनास्थलमा पुगेर विवरण संकलन गर्न समस्या भएको स्थानीयले बताएका छन् ।
यता सिन्धुपाल्चोकका एसपी राजन अधिकारीका अनुसार उद्धारकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकासँगै स्थानीयको सहयोगमा अघि बढिरहेको छ । पहिरोस्थल सदरमुकाम चौताराबाट करिब ५० किलोमिटरको दूरीमा रहेको छ ।

यता , बाग्लुङमा पहिरोमा पुरिएर दुई महिला बेपत्ता भएका छन् । अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले पुरिएर बागलुङको जैमिनी नगरपालिका– ५ बिनामारेमा पहिरोले निलकण्ठ पौडेलको घर पुरिएर जल्पादेवी पौडेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । घरमा भएका अन्य ६ जना सामान्य घाइते भएका छन् । यस्तै, जैमिनी नगरपालिका–१ मा पनि पहिरोले घर पुरिएर लक्ष्मीदेवी उपाध्याय बेपत्ता भएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]