ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत पठाइएको एउटा शंकास्पद पत्रमा विषालु पदार्थ पठाइएको खुलेको छ । उक्त शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको हो । सो पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । हाउट हाउस जाने सबै पत्र अनुगमन र निरीक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको बताइएको छ ।
प्रारम्भिक अनुसन्धानमा सो पत्र क्यानाडाबाट पठाइएको हुनसक्ने अनुमान गरिएको छ । पत्रबारे अमेरिकी संघिय जाँच ब्युरो एफबिआई र सेक्रेट सर्भिसले छानविन गरिरहेको छ । यस्तै पत्र अरुपनि हुनसक्ने भन्दै अनुसन्धान थालिएको छ । अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरेर यसअघि पनि समय समयमा यस्ता पत्रहरु आउने गरेका छन् ।-एजेन्सी