अखिल (क्रान्तिकारी)मोरंगद्वारा रक्तदान

काठमाडौँ । अखिल (क्रान्तिकारी) मोरंग जिल्ला समितिले कोरोना भाइरस महामारीका कारण मोरंग जिल्लामा देखिएको रगत अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
पछिल्लो समयमा जिल्लामा रगतको ज्यादै अभाव भैरहेको र सङ्गठनको केन्द्रीय समितिको निर्देशनअनुसार कुनै बिरामी रगत अभावका कारण अकालमै ज्यान नजाओस् र सानो सहयोगले बिरामीहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अखिल (क्रान्तिकारी) मोरंगले जनाएको छ ।
