डडेल्धुरामा उम्मेदवारको मोटरसाईकल जलाईयो

२०७० कार्तिक २९ गते, शुक्रबार


डडेल्धुरा ,२९ कार्तिक ।डडेल्धुराका प्रत्यक्ष उम्मेदवार रहेका फोरक लोकतान्त्रिकका उम्मेदवार शन्तोष भट्टको मोटरसाईकल जलाईएको छ । हिजो राती सोढे १० बजे तिर करिब १० जनाको समुहमा आएको अज्ञात समुहले फोरम लोकतान्त्रिकका उम्मेदवार शन्तोष भट्टको से १ प ६१९१ नं. को मोटर साईकलमा आगजनी गरेको हो । डडेल्धुराको बागबजार भन्दा केही पर ४० को मोड भन्ने स्थानमा मेन रोडको तल्लो छेउमा पर्ने कच्चीबाटो भएर आफ््नो घर मौरडा तर्फ जाँदै गरेका फोरम लोकतान्त्रिकका उम्मेदवार भट्टको मोटरसाईकल १० जनाको समुहमा आएको अज्ञात समुहले जलाएको प्रहरीले जनाएको छ । मोटर साईकलमा घरतर्फ जानलागेका उहाँलाई एक्कासि बाटोमा रोकेपछि उनी डरले मोटर साईकल छोडेर भागेका थिए ।
यसैगरी , हिजो राती डडेल्धुराको आलितालमा एउटा रोकि राखेको बसमा आगजनी गरिएको छ । आलितालको वडा नं.५ मा पर्ने मौरे भन्ने ठाउँमा राकिराखेको ना ४ ख २२६९ नंम्बरको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले बताएको छ । राती १२ बजेतिर राकि राखेको अवस्थामा बस भित्र चालक सहित ३ जना स्ुति रहेको अवस्थामा अज्ञात समूले आगजनी गरेको जनाईएको छ । एक्कासि बसमा आगोलागेपछि ध्ुवा निस्केको थाहा पाएपछि बस भित्र रहेका तीन जना बाँच्न सफल भएका छन् । बस पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
यसैगरी , डडेल्धुराको जोगबुडा गाविस १ प्ुन्त्ुरामा एमाओवादी कार्यकर्ता र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच झडप ह्ुँदा नेपाली काङ्ग्रेसका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।जोगबुडा लालढुङ्गा बजारमा चुनावी आमसभा सम्पन्न गरेर फिर्ता भएका एमाओवादी कार्यकर्ता र जोगबुडाको गाईबाधेबाट प्रचाररप्रसार गरी फर्केका नेपाली काङ्ग्रेस कार्यकर्ताबीच बाटोमा झडप भएको छ ।झडपमा नेपाली काङ्ग्रेसका नरभान कामी, गणेश प्रसाद जोशी, वीरेन्द्र थापा, कमल सिंह साउद र सीतारामजोशी घाइते भएको पत्रकार हर्कबहादुर सिंहले बताएको भन्दै ईन्सेकले जनाएको छ । तर जिल्ला प्रहरी कार्यालयले भने आफ्ुलाई यस बारेमा खासै थाहा नभएको बताई रहेको छ ।
यसै बिच, अज्ञात ब्यक्तिहरुले डडेल्ध्ुराको साहुखर्क भन्ने स्थानमा सडकमा रुख ढालेर बाटो अबरुद्ध पारेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार हिजो राती १० बजे सम्म बाटो अबरोध नभएको त्यसपछि मात्रै बाटो अबरोध गरेको छ । अहिले सडकमा ढालिएको रुख हटाउन प्रहरी त्यसतर्फ गई सकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]