ट्रम्पद्वारा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्नेमा संशय

२०७७ आश्विन ८ गते, बिहीबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने निर्वाचनमा पराजीत भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने संकेत दिएका छन । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा ट्रम्पले भने , ‘ठीक छ, के हुन्छ हामी हेर्छौं । तपाईं त्यो जान्नुहुन्छ ।’ एक संवाददाताले सोधेको ‘यदि डेमोक्र्याट उम्मेदवार जो बिडेन निर्वाचनमा विजय भए तपाईं शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध हुनुहुन्छ ?’ भन्ने प्रश्नमा उनले मतपत्रप्रतिको संशय देखाए । ‘मतपत्रमाथि मेरो गुनासो रहँदै आएको छ । मतपत्र एक विपद हो ।’ उनको जवाफ थियो । देशमा दंगाफसाद बढिरहेको दृष्टान्त रिपोर्टरले दिँदा ट्रम्पले भने , ‘मतपत्रबाट छुटकारा मिल्ने वित्तिकै त्यहाँ शान्ति हुने, कुनै सत्ता हस्तान्तरणको सवाल नआउने बरु एक निरन्तरता हुनेछ ।’
ट्रम्पले मतपत्रका बारेका चिन्ता हुलाकका माध्यमबाट गरिने मतदानप्रति उनको आशंका रहेको छ । यसरी मतदान गर्दा धाँधली हुने उनको तर्क रहँदै आएको छ । कोरोना भाइरसबाट मतदातालाई सुरक्षित राख्नका लागि धेरैजसो राज्यमा ‘मेल इन भोटिङ’ अर्थात् हुलाकबाट मतदान गराउने व्यवस्था गरिँदैछ । चारवर्ष अघि सन् २०१६ को निर्वाचनमा पनि उहाँले पराजय स्वीकार्ने कुरा ठाडै अस्वीकार गरेका थिए । ३० लाख लोकप्रिय मतले प्रतिष्पर्धी डेमोक्र्याट उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडी परेर पनि उनलाई नै विजयी घोषणा गरिएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]