युनेस्कोको कार्यकारी बोर्डमा नेपाल

२०७० कार्तिक २९ गते, शुक्रबार

काठमडौं, २९ कात्तिक । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवम् सांस्कृतिक संगठन ९युनेस्कोको ३७ औं सभाले कार्यकारी बोर्डमा नेपाललाई पनि सदस्यमा निर्वाचित गरेको छ । पेरिसमा भएको भएको निर्वाचनमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल निर्वाचित भएको हो ।
सन् १९५३ मा युनेस्कोको सदस्यता लिएको नेपालयसअघि दुईपटक बोर्डको सदस्य भइसकको छ । परराष्ट्र मन्त्रालय अनुसार नेपालसँगै उक्त क्षेत्रबाट चीन, भारत, जापान, बंगलादेश र तुर्कमेनिस्तान विजयी भएका छन् । परराष्ट्रको विज्ञप्ती अनुसार बजेट, प्रशासनिक एवम् वित्तीय मामलासम्बन्धी युनेस्कोको उच्च अंगमा पनि नेपालले उपाध्यक्षको हैसियतमा काम गरिसकेको जनाइएको छ ।
आगामी सन् २०१६ सम्म युनेस्कोको कार्यकारी बोर्डमा रहेर यी मुलुकले संस्कृति प्रवद्र्धन, लैंगिक समानता, महिला सशक्तीकरण, सम्पदा संरक्षणलगायत क्षेत्रमा अन्य राष्ट्रसङ्घीय निकाय र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्नेछन् । बशान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको संरक्षणलगायत विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक एवम् पुरातात्विक महत्वका स्थानको संरक्षणमा युनेस्कोले नेपाललाई सहयोग गर्दै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु